स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु भएका छन्: प्रधानमन्त्री

स्वास्थ्यलाई ग्रामीण क्षेत्रको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड

ललितपुर, वैशाख ११ । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकको सोमबार राजधानीमा प्रारम्भ गर्दै उनले स्वास्थ्यलाई ग्रामिण क्षेत्रको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।
‘सबैका लागि स्वास्थ्य’ भन्ने नारालाई सरकारले आत्मसाथ गरेको भन्दै उनले गरिबीमुखी स्वास्थ्य नीति सरकारको एजेण्डा भएको स्पष्ट पारे ।

याे पनि पढ्नुस  भृकुटीमण्डपमा श्रमिक दिवसको अवसरमा अध्यक्ष प्रचण्ड बोल्दै (लाइभ भिडियो)

कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले शहर केन्द्रीत स्वास्थ्यलाई ग्रामिण तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

सभामा प्रधानमन्त्रीले भने- ‘माननीय स्वास्थ्य मन्त्रीले पनि निरन्तर लागिरहेका छन् । मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्डद्वारा माडी ऐतिहासिक सभाको उद्घाटन (फोटो)

यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका छन् । हामीले रचनात्मक र जवाफदेही भएर काम गरौं, जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गरौं ।

उनले स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन सरकार लागि परेको बताए ।

बैठकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति प्रतिवेदन पेश गरिनुका साथै प्रतिष्ठानको सेवा विस्तार र शैक्षिक कार्यक्रमबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो ।

याे पनि पढ्नुस  प्रचण्डले तोडे निर्वाचन क्षेत्र जाने रेकर्ड, जनता भन्छन्– यस्ता पो सांसद

सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताउनु भयो । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्