अभिनेत्री विमला गिरीले यसरी चर्चा बटुल्दै (भिडियो सहित)

काठमाडौं, वैशाख ११ । नेपाली चलचित्र क्षेत्रमा करिब २० वर्षदेखि चारित्रिक अभिनेत्रीको रुपमा सशक्त अभिनय गर्दै आएकी विमला गिरीको जन्म भारतको मणिपुरमा भएको हो ।

वि.सं. २०५३ सालतिर ‘पछयौरी’ चलचित्रमार्फत नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री गिरीले हालसम्म ठुलो पर्दाको चलचित्र, टिभी सिरियल, सडक नाटक, विज्ञापन गरी सयभन्दा बढीमा अभिनय गरिसकेको छ ।

याे पनि पढ्नुस  मजदुर दिवसको अवसरमा खिलराज रेग्मीद्वारा चलचित्र ‘जय मजदुर’को शुभ मुहर्त

भर्खरैमात्रै भारतमा आयोजना गरिएको एक कार्यक्रममा आफु सम्मानित भएको सुनाउने उनलाई यो क्षेत्रमा काम गर्न अझै जोश जाँगर बढेको बताएकी छिन् ।

फिल्मी यात्रामा जीवन रेखा, इकु, माइ ब्रदर, यो कथा हो तिम्रो मेरो, लोग्ने मान्छे, हाम्रो जिन्दगी, जादुगर, प्रिती को फूल, जीवनसाथीलगायत ६० भन्दा बढी नेपाली चलचित्र, हिजो आजको कुरा, मह संचारद्वारा निर्मित आमा, गहना, सिस्नो पानी, मेरी बास्सै, करुणालगायतका टिभी सिरियल, एक दर्जनभन्दा बढी सडक नाटक विज्ञापनहरुमा समेत आफ्नो सशक्त अभिनय गरेर दर्शकको मन जितिसकेकी छिन् ।

याे पनि पढ्नुस  चलचित्र ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

परिवारबाट राम्रो सहयोग र साथ पाएकोले पनि आफु यो क्षेत्रमा निरन्तर लाग्न सकेको बताउने विमला गिरीले बताएकी छिन् ।

हेरौ अविरल फिल्म्सले तयार पारेको यो भिडियो-

 

कमेन्ट गर्नुहोस्