नेपालको दोस्रो संविधान संशोधन विधेयक संसदमा टेवल बस्दै

काठमाडौं, वैशाख ११ । व्यवस्थापिका संसदमा बिहीबार नेपालको संविधान दोस्रो संशोधन विधेयक टेवल भएको छ ।

प्रदेश सीमांकन हेरफेरको प्रस्ताव सहित गत मंसिर १४ गते दर्ता भएको विधेयक फिर्ता लिदै सरकारले गत चैत २९ गते नयाँ विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।

याे पनि पढ्नुस  संघीय संसदका सदस्यको शपथ आज अपरान्ह, तयारी पूरा

कानुन मन्त्री अजयशंकर नायकले विधेयक टेवलका लागि गरेको प्रस्ताव संसदको बिहीबारको बैठकले बहुमतले पारित गरेको हो । विधेयक प्रस्तुत गर्दै गर्दा प्रमुख प्रतिपक्षी एमाले भने मौन बसेको थियो ।

सत्तारुढ दल र मधेसी मोर्चाबीच गत शनिबार भएको सहमतिअनुसार नयाँ विधेयक ल्याउँदा संशोधन प्रक्रिया लम्बिने संवैधानिक बाध्यताका कारण सरकारले पुरानै विधेयक टेबल गरेको छ।

याे पनि पढ्नुस  प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

संसदीय प्रक्रियामा हुने संशोधनको समयमा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनसँग भएको सहमतिअनुरुपको परिमार्जन स्वीकार गर्ने तयारी सरकारले गरेको हो । सरकार र मधेस केन्द्रित दलबीच फास्ट ट्रयाकबाट संविधान संशोधन गर्ने सहमति भएको थियो ।

कमेन्ट गर्नुहोस्