प्रधानमन्त्री प्रचण्डले भने–‘मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्न लागिपरेको छ’

काठमाडौं, बैसाख ११ । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएका छन् ।
सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु गरिएको बताए ।

सभामा प्रधानमन्त्रीले भने–‘माननीय स्वास्थ्य मन्त्रीजी पनि निरन्तर लागि रहनुभएको छ । मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ ।’

उनले यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएको र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका बताए । उनले रचनात्मक र जवाफदेही भएर काम गर्न र जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गर्न आग्रह पनि गर्नुभयो ।

सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताए । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्