३७ वर्ष कांग्रेसको राजनीति गरेका पूर्व सभापति माओवादी केन्द्रमा प्रवेश

रसुवा, वैशाख ११ । नेपाली काङ्ग्रेस धैबुङग गाउँ कमिटिका पूर्वसभापति टंक प्रसाद ढकाल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

औपचारिक कार्यक्रममा ढकाललाई माओवादी केन्द्र रसुवाका उपाध्यक्ष माधव लामिछाने “समिर” तथा जिल्ला कार्यालय सदस्य एबम उत्तरगया गाउपालिका प्रमुखका उम्मेदवार मेघनाथ घिमिरे ‘प्रभाकर’ले संयुक्त रुपमा खादा ओढाएर माओवादी केन्द्रमा प्रबेश गराएका थिए।

कालिका गाउपालिका–२ कालिकास्थानका स्थाई बासिन्दा ढकाल ३७ बर्ष देखी नेपाली काङ्ग्रेसको राजनीतिमा सकृय रहेका अनुभबी र पाका नेता हुन् । स्थानिय माझ निकै लोकप्रिय ढकाल राजनीतिको अलवा समाजसेवीका रुपमा पनि परिचित छ्न् ।

निकै लामो समय राजनीति र समाजसेवामा लागेका ढकाल बिभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील छन् ।

पार्टी प्रबेश कार्यक्रममा बोल्दै ढकालले आफुले ३७ बर्ष सम्म नेपाली काङ्ग्रेसमा रहेर पार्टिका लागि काम गर्दा पनि उपयुक्त मुल्याङ्कन नभएको भन्दै इमान्दार र कृयाशिल सदस्यहरुलाई संरक्षण गर्ने सवालमा आफु माओवादीबाट प्रभाबित भएको बताए ।

कमेन्ट गर्नुहोस्