भत्किएका ४० प्रतिशत घर निर्माण भएको प्राधिकरणको दावी

काठमाडौं, वैशाख ११ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भूकम्पपछिको दुई वर्षमा चालीस प्रतिशत घर पुनर्निमाण भइरहेको बताएको छ ।

प्राधिकरणका अनुसार, यो अवधिमा ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च भइसकेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार धेरै काम गरिएको भएपनि स्वास्थ्य संस्था पुनर्निर्माणमा भने ढिलो भएको स्वीकारे ।

प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको छ।
तथ्यांकमा भने भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही मध्ये ४९ हजार ६ सय ८१ घरको पुनर्निर्माण शुरु भएको उल्लेख छ। लाभग्राही आफैले १८ हजार ६ सय ३३ वटा घर पुननिर्माण गरेका छन्। पूर्ण रुपमा क्षति भएका चार सय ४० स्वास्थ्य संस्था मध्ये दुई सयवटा मात्रै पुनर्निर्माण भएका छन्। भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लामा ९० हजार पाँच सय ५६ लाभग्राही पहिचान भएका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: