फुटवल खेलाडीको परिवारलाई सहयोग

लोकेश धामी/धनगढी, वैशाख ११
कैलालीको फुलवारीकी फुटवल खेलाडी ममता सिकेको परिवारलाई सहयोग प्रदान गरिएको छ ।

केही महिना अघि निधन भएकी ममताको परिवारलाई अखिल नेपाल फुटवल संघ एन्फाले उपलव्ध गराएको नगद ५० हजार हस्तान्तरण गरिएको हो ।

एन्फका सुदुरपश्चिमवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य गणेश चन्दको पहलमा दिईएको राहत उनकी आमा वसुन्धरीलाई कैलाली जिल्ला फुटवल संघका अध्यक्ष प्रकाश विष्ट नेतृत्वको टोलीले चेक हस्तान्तरण गरेको हो ।

लामो समय कैलाली र सुदुरपश्चिमको महिला फुटवलमा ममताले देखाएको प्रदर्शनका कारण उनलाई सहयोग गरिएको एन्फाले जनाएको छ । एन्फाले सहानुभुती स्वरुप मरोपरान्त दिएको सहयोग हस्तान्तरण कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष प्रकाश विष्टका अलावा कैलाली जिल्ला फुटवल संघका महासतिव अनिल मल्ल, सदस्य रामदत्त भट्ट र धनगढी युवा क्लव अध्यक्ष राजेश गिरीको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: