ईन्टरनेशनल कर्पोरेट ब्याटमिन्टनको उपाधी बम र चन्दको जोडीलाई

लोकेश धामी, कैलाली
अन्नपुर्ण ईन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन पुरुष डबल्सको उपाधी कैलालीका राजेन्द्र बम र प्रकाश चन्दको जोडीले चुमेको छ ।

सोमबार विहान धनगढी रंगशालामा भएको फाईनलमा बम र चन्दको जोडीले कैलालीकै सुनिल श्रेष्ठ र दिलीप देउबाको जोडीलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गर्दै क्षेत्रीय च्याम्पीयन बनेको हो ।

राजेन्द्र बम नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक हुन भने दिलिपसिह देउवा नेपाल प्रहरीका डिएसपी हुन । यस्तै पुरुष सिंगल्स तर्फ कैलालीका देवराज राना क्षेत्रीय च्याम्पीयन भएका छन ।

उनले कन्चनपुरका गोकुल जोरालाई २१–१८ र २१–१२ को सोझो सेटमा पराजित गरेका हुन ।

यता महिला सिंगल्समा कैलालीकी प्राथना देउबा क्षेत्रीय च्याम्पियन बनिन् । निक्कै नै प्रतिस्पर्धात्मक फाईनल खेलमा देउबाले कैलालीकै अम्बिका मल्ललाई हराईन् । पहिलो सेट २२–१९ ले जितेकी प्राथनाले दोस्रो सेट १९–२१ ले गुमाएकी थिईन् । तर तेस्रो सेटमा २२–२० को संघर्षपूर्ण जित निकाल्दै प्रार्थना क्षेत्रीय च्याम्पिएन बन्न सफल भईन् । प्रतियोगिताका सबै विजेता र उपविजेताले असारमा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर पाएका छन् । जहाँ १४ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताका विजयी खेलाडिहरुलाई प्रमुख अथिति तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्द, शसस्त्र प्रहरी सीमा सुरक्षा बल धनगढीका एसपी गणेश संग्रौला, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्ल लगायतले नगद पुरुस्कार, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

अन्नपुर्ण पोष्टका कैलाली सम्बाददाता शिबराज भट्टको अध्यक्षतामा भएको समापन समारोहमा अन्नपुर्ण नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले, सहभागि खेलाडि, अथिति, खेल प्राविधिक, स्वयम सेवक र सहभागि सबैलाई धन्यबाद दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्