छत्तीसगढमा माओवादीद्वारा ठूलो हमला, ११ सुरक्षाकर्मीको मृत्यु

छत्तीसगढ, वैशाख ११ । सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएका भारतीय माओवादी संगठनको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलावादी भनेर चर्चित माओवादीहरुको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका ११ जनाको मृत्यु भएको छ । घटनामा ७ जना अन्य सुरक्षाकर्मी घाइते भएका छन् ।

उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ । गस्तीमा रहेका प्रहरीमाथि पहिलादेखि नै ढुकेर बसेका माओवादीहरुले आक्रमण गरेको बिबिसीले जनाएको छ । माओवादीले घेराबन्दी गरेर गोली चलाएपछि ११ जनाको मृत्यु भएको हो । प्रहरीमाथि हमला भएपछि माओवादीहरुले हतियार समेत लुटेर लगेका छन् ।

माओवादीविरुद्ध गस्ती गरिरहेको बेला दिउँसो करिब १ बजे हमला भएको थियो । घाइतेहरुलाई हेलिकप्टरबाट उद्दारका लागि अस्पताल लगिएको छ ।

माओवादीको ठूलो हमलापछि मुख्यमन्त्रीले आपतकालिन बैठक बोलाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: