यातायात व्यवस्था कार्यालयको रकम हिनामिना प्रकरणमा ग्लोबल आइएमई बैंक पनि तानियाे

सुनसरी, वेैशाख ११ । यातायात व्यवस्था कार्यालय कोशीमा भएकाे साढे ५६ करोड हिनामिना प्रकरणमा ग्लोबल आइएमई बैंक पनि तानिएकाे छ । अनुसन्धान गर्दै जाँदा वैकका कर्मचारीले मात्रै यत्राे ठूलाे रकम हिनामिना गर्न नसक्ने भन्दै ग्लोबल आइएमई बैंकमाथि पनि प्रश्न उठेको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यातायत व्यवस्था विभागको प्रारम्भिक अनुसन्धानमा राजश्व हिनामिना प्रकरणमा बैंकका कर्मचारीको पनि संलग्नता भएको देखिएपछि बैंक पनि अनुसन्धानको दायरमा तानिएको हो ।

रकम हिनामिनाको जवाफ माग्दै अख्तियारले बैंकलाई पत्रसमेत काटेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले अनुसन्धानको दायरामा बैंक पनि तानिएको बताएका हुन् ।

को को संलग्न रहेको भन्नेबारे भने खुलाइएको छैन । भट्टराईका अनुुसार बैंकको संलग्नता बिना यातायात व्यबस्था कार्यालयका कर्मचारीले मात्रै ५६ करोड ५८ लाख रुपैयाँ हिनामिना गर्न नसक्न्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: