विद्यार्थी संगठनहरुद्वारा नीजि विद्यालयमा तालबन्दी गर्ने घोषणा

काठमाडौं, वैशाख ११ । सहमतिविपरित अभिभावकबाट चर्को शुल्क असुल्ने क्रम नरोकिएपछि विद्यार्थी संगठनहरुले कडा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

राजधानीमा आज बसेको बैठकमा विद्यार्थी संगठनहरुले आन्दोलनबाहेकको विकल्प नभएको निष्कर्श निकालेका हुन ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार, निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकले गरेको निर्णय अनुसार, मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरिएको छ ।

संयुक्त आन्दोलनमा नेविसंघ, अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, अखिल छैठौं, माले निकट अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारी रहेका छन् ।

File photo

कमेन्ट गर्नुहोस्

%d bloggers like this: