प्रहरीद्वारा माओवादीका पाँच कार्यकर्ता पक्राउ

काठमाडौं, बैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका पाँच कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काभ्रे र सुर्खेतमा आयोजना गरेको सभामा प्रहरीले हस्तक्षेप गरी दुई जना केन्द्रिय सदस्यसहित पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय चुनावको विरुद्ध सुर्खेतमा आयोजना गरेको सभामाथी प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपपछि त्यहाँ केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले दुई केन्द्रिय सदस्य सहित पचास जना नेता कार्यकर्तालाई पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटेको प्रहरी टोलीले सभामा हस्तक्षेप गरी केन्द्रिय सदस्यद्वय सविता सिंह र हिमाल सहित जिल्ला इन्चार्ज ध्रुव र सेक्रेटरी यमराजलाई पक्राउ गरेको हो ।
उता काभ्रेको बनेपामा सभा गर्नका लागि तयार गरिएको मञ्चलाई प्रहरीले भत्काइदिएको पार्टी केन्द्रिय सदस्य बाबुराम गजमेरले जानकारी दिएका छन् ।

प्रहरीले सभामा सहभागी हुन आउने गाडीहरुलाई पनि भकुण्डे वेशीमै रोकेको र सभाका लागि तयारी मञ्च पनि भत्काइदिएको छ ।

काभ्रेको बनेपामा नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले सभालाई सम्बोधन गर्दै शहरमा प्रहरी दमन गरेर चुनाव गरे पनि गाउँमा आफूहरुले हुन नदिने बताएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: