दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, बैशाख ११ । सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेलगत्तै निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गरेको छ।

आज पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उक्त तालिका सार्वजनिक गरेको हो ।

आयोगको तर्फबाट दुई चरणमा निर्वाचन हुने औपचारिक जानकारी गराउँदै आयुक्त यादवले दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वारको मनोनयन दर्ताकाका लागि मिति तोकेको छ । जेठ २२ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ ।

याे पनि पढ्नुस  पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

यादवले पहिलो चरणको निर्वाचनपश्चात नै मतगणना भने सुरु गरिने बताए । लामो समय मतपेटिका राख्नाले धाँधली हुनसक्ने भन्दै उनले मतदान गलत्तै मतगणना गर्ने बताए ।

उनले निर्वाचनले सरकारको नियमित कार्यलाई भने असर पार्न नहुने भन्दै जेठ १५ मा बजेट ल्याउन सकिने पनि बताए ।

याे पनि पढ्नुस  सुरक्षाको बलियो प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुस् : प्रमुख आयुक्त

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा खटाइएका मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको जिम्मेवारी भने यसअघि तोकिएको नै कायम रहने जनाएको छ ।

कमेन्ट गर्नुहोस्