माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस

नुवाकोट, वैशाख ११ । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जिल्लाका गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ ।

माओवादी केन्द्रले विदुर नगरपालिका प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा सुभद्रा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै लिखु गाउँपालिका अध्यक्षमा धर्मराज अधिकारीलाई सिफारिस गरिएको छ ।

नयाँ नगरपालिका बेलकोटगढी उपप्रमुखमा कविता ढुङ्गाना उम्मेदवार बन्ने पक्का भएको छ ।

सबै गाउँपालिका र नगरपालिकाका उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले बताए ।

कमेन्ट गर्नुहोस्