तालिबानी भीषण आक्रमणपछि अफगानिस्तानमा रक्षामन्त्री र सेना प्रमुखको राजीनामा

वैशाख ११ । अफगानिस्तानको मजार ए सरिफस्थित सैन्य वेसमा गरिएको आक्रमणको तीन दिनपछि रक्षामन्त्री अब्दुल्लाह हबीबी र सेना प्रमुख क्वादामा साह साहिमले राजीनामा दिएका छन् ।

अमेरिकी रक्षामन्त्री जेम म्याटिस अघोषितरुपमा काबुल पुग्दा अफगान रक्षामन्त्री हबीबीको राजीनमा आएको हो ।

याे पनि पढ्नुस  मनाङ अफ्गानिस्तानसँग पराजित

यसअघि, अफगानिस्तानका केही नेताले अमेरिकी सैन्य रणनीतिमाथि प्रश्न उठाएका थिए ।

अमेरिकाले तालिबानभन्दा इस्लामिक अतिवादी समूह ‘आइएस’माथि बढी ध्यान दिएको उनीहरुको बुझाइ छ ।

शुक्रबार तालिबानले गरेको आक्रमणमा १३० जनाभन्दा बढीको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सेना छन् ।

याे पनि पढ्नुस  अफगानिस्तानमा सेना र तालिवान–बीचको भिडन्तमा एक सय बढीको मृत्यु

एजेन्सी

कमेन्ट गर्नुहोस्