डीआईजी नवराज सिलवाल सर्वोच्च नपुग्दै छुटे

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई सर्वोच्च अदालत उपस्थित नगराई प्रहरीले बयान लिएर छाडेको छ ।

प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएर हेडक्वाटर लगि उनीमाथि लागेको अरोपको बयान लिएको थियो । डीआईजी सिलवालसँगै उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सँगै गएका थिए ।

गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्व छानविन टोलीले सिलवालसँग बयान लिएको थियो । उनलाई प्रहरी हेर्डक्वाटरमा बयान लिइरहँदा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा बहस भएको थियो ।

सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सर्वोच्चको प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता थापाको रोहबरमा सोमबार नै रिहा गर्न आदेश पनि दिएको थियो ।

डीआईजी सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै छानविन समिति गठन गरेको थियो ।

प्रहरी प्रवक्ता तथा एसएसपी सर्वेन्द्र खनालका अनुसार उक्त समितिले बयान लिएको र सिलवाललाई छाडिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: