करोडौंको जग्गा किर्ते गर्नेमा कांग्रेस–माओवादीका नेतादेखि पत्रकारसम्म

झापा, वैशाख ११ । करोडौं मूल्य पर्ने जग्गा किर्ते गरी हडप्नेमा राजनीतिक दलदेखि पत्रकारसम्म संलग्न रहेको पुष्टि भएको छ ।

भद्रपुरमा अाज आयोजित पत्रकार सम्मेलनमा झापा शनिश्चरेका जीवन विष्टको नाममा रहेको १५ करोड मूल्यको जग्गा कीर्ते गरी हडप्नेमा कांग्रेस, माओवादीका नेतादेखि पत्रकारसम्मको संलग्नता प्रहरीले पुष्टी गरेको हो ।

प्रहरीका अनुसार जग्गा किर्ते गर्नेमा टेलिभिजन पत्रकार पुजन घिमिरे, जिल्ला प्रशासनका खरदार तेजेन्द्र न्यौपाने, कांग्रेसका कार्यकर्ता भूपू कान्छा भनिने अजय राईलाई गत चैत २७ गते, भद्रपुरका व्यापारी प्रेम न्यौपानेलाई २८ गते र बाहुनडाँगीका राजु कुँवरलाई चैत ३० गते , प्रहरीले पक्राउ गरेको थियो । उनीह्रुलाई सार्वजनिक गरिएको छ । अभियुक्तहरुलाई सोमवार थप अनुसन्धानका लागि तेस्रो पटक १० दिनको म्याद थप गरिएको छ ।

एसपी शैलेश थापाका अनुसार पत्रकार घिमिरेसहित उनका सहयोगी पत्रकार अर्जुनधारा १ वस्ने शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्नी भनिने राजु आचार्य, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटी फरार रहेका छन् ।

पत्रकार घिमिरेकै योजनामा विष्टको नामको अनारमनी–४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरि हडप्न खोजिएको थियो ।

होटल व्यवसायका लागि विष्टको जग्गामा पत्रकार घिमिरे र शिवाकोटीले गत असार १९ गते ५ वर्षका लागि व्यबसाय गर्न जग्गा भाडामा लिएको थिए । करिब ५ महिनापछि जग्गाधनीलाई उनीहरुले १० वर्षे सम्झौताका लागि आग्रह गरेर पुस २५ गते जग्गाधनी १० वर्षे सम्झौताका लागि मन्जुर भएको प्रहरीले जनाएका छन् ।

प्रहरी स्रोतका अनुसार विष्टले माघ १२ गते बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएका थिए । विभिन्न डर देखाएर करोडौ मूल्यको जग्गा हडपेको भन्दै इलाका प्रहरी कार्यालयमा गत चैत २५ गते किटानी जाहेरी दिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: