कांग्रेस र माओवादीबीच चुनावी एकताको चर्चा

कैलाली, बैसाख १२ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसबीच प्रदेश नम्बर सातमा चुनावी तालमेल हुने चर्चा चलेको छ । दुई पार्टीका यस क्षेत्रका शीर्ष नेतृत्वबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको बताइएको छ ।

चुनावमा मिलेर जाने सैद्धान्तिक सहमति भए पनि ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा कुन पार्टीले कति तहमा प्रमुख, उपप्रमुख पाउने भन्ने बारे टुंगो लाग्न बाँकी रहेको श्रोतले बताएको छ । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर सातका इन्चार्ज लेखराज भट्ट र काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँदबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

श्रोतका अनुसार केही दिनअघि अत्तयिामा भएको काँग्रेसको आमसभाका लागि यहाँ आएका काँग्रेस सभापति शेरबहादुर देउवा र नेता भट्टबीच सुदूरपश्चिममा चुनावी तालमेलबारे कुराकानी भएको थियो । उक्त भेटमा मोआवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगत पार्की तथा काँग्रेस केन्द्रीय सदस्य साउँद समेत सहभागि भएका बताइएको छ ।

माओवादी केन्द्रको प्रदेश नम्बर सातका प्रचार विभाग प्रमुख सरल भाटले माओवादी प्रदेश इन्चार्ज भट्ट र काँग्रेस केन्द्रीय सदस्य साउँदबीच चुनावी तालमेलबारे सैद्धान्तिक सहमति भएको बताए । उनले प्रदेशभरी कति तहमा कुन पार्टीले पाउने भन्नेबारे मिल्न बाँकी रहेको बताए ।

तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । तर काँग्रेसले कुन तह र माओवादीले कुन तहमा उम्मेदवार उठाउने भन्ने टु·ोमा पुग्न बाँकी छ ।’ उनले भने–चुनाव सरेकाले अब यो विषय टुग्याउने काम केही दिन पर सर्छ होला ।’ नेपाली काँग्रेसका एक जनाले नेताले चुनावी तालमेलबारे कुराकानी भईरहेको बताए ।

कमेन्ट गर्नुहोस्