माओवादी आक्रमणले भारतमा सनसनी, मृत्यु हुनेकाे संख्या २५, कम्बिङ अप्रेसन शुरु

छत्तीसगढ, वैशाख १२ । भारतको छत्तीसगढ राज्यस्थित सुकमा जिल्लामा माओवादीको आक्रमणमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

सोमबार दिउँसो भारतीय कम्युनिष्ट पार्टी माओवादीका लडाकुहरुले गस्तीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।

आक्रमणमा ६ जना घाइते रहेको भारतीय मिडियाले जनाएको छ । घटनाको भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन् ।

केन्द्रीय रिजर्ब पुलिस बलका सुरक्षाकर्मी गस्तीमा रहेको बेला करीब ३ सयको संख्यामा रहेका माओवादीहरुले घेराबन्दी गरी आक्रमण गरेका थिए

उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ । गस्तीमा रहेका प्रहरीमाथि पहिलादेखि नै ढुकेर बसेका माओवादीहरुले आक्रमण गरेको बिबिसीले जनाएको छ । माओवादीले घेराबन्दी गरेर गोली चलाएपछि ११ जनाको मृत्यु भएको हो । प्रहरीमाथि हमला भएपछि माओवादीहरुले हतियार समेत लुटेर लगेका छन् । भारतीय मिडियाका अनुसार, ६ जना सुरक्षाकर्मी वेपत्ता छन् ।

माओवादीविरुद्ध गस्ती गरिरहेको बेला आइतबार दिउँसो करिब १ बजे हमला भएको थियो । घाइतेहरुलाई हेलिकप्टरबाट उद्दारका लागि अस्पताल लगिएको थियो ।

माओवादीहरुले आफ्ना लडाकुहरुलाई स साना दस्तामा बाँडेर आक्रमण गरेका थिए । आक्रमणमा महिला माओवादीहरुको समेत दस्ता रहेको थियो ।

हमलामा घाइते एकजना प्रहरीका अनुसार, करीब सयको संख्यामा रहेका प्रहरीमाथि माओवादीहरुले चौतर्फी हमला गरेका थिए । प्रहरीको गोली लागेर एक दर्जन माओवादीको मृत्यु भएको प्रहरीले दावी गरेको छ ।

घटनापछि केन्द्रीय रिजर्ब बलको १५० औं बटालियन र कोबरा बटालियनले कम्बिङ अभियान शुरु गरेका छन् ।

माओवादीको ठूलो हमलापछि मुख्यमन्त्रीले आपतकालिन बैठक बोलाएका थिए ।

नक्सलबाडीबाट शुरु भएको सशस्त्र जनयुद्धको प्रभाव छत्तीसगढमा निकै बढी रहेको छ । नरेन्द्र मोदी प्रधानमन्त्री भए यता मात्रै माओवादीको आक्रमणमा ६० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको छ ।
यसअघि सन् २०१० मा भएको हमलामा ७६ जना प्रहरी मारिएका थिए । सन् २०१३ को मे महिनामा भएको आक्रमणमा कांग्रेसका शीर्ष नेतासहित २५ को मृत्यु भएको थियो ।

नक्सलवादीहरुले नयाँ जनवादी राज्यसत्ताको स्थापनाको माग राख्दै सशस्त्र युद्द शुरु गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: