नयाँ शक्तिले फोरमको मसाल चिन्हमा चुनाव लड्ने

काठमाडौं, वैशाख १२ । निर्वाचन आयोगले नयाँ पार्टीका रुपमा दर्ता भएको नयाँ शक्ति नेपाललाई स्वतन्त्र चुनाव चिन्ह दिन कानुनतः नमिल्ने बताएपछि संकटमा परेको नयाँ शक्ति नेपालले संघीय समाजवादी फोरमको चुनाव चिन्ह प्रयोग गर्ने भएको छ ।

उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच चुनावमा कार्र्यगत एकता गर्ने सहमति भए अनुसार नयाँ शक्ति नेपालले फोरमको मसाल चिन्हमा चुनाव लड्ने भएको हो ।

पार्टी एकता नहुँदै अर्को पार्टीको चुनाव चिन्हबाट चुनाव लड्दो भविष्यमा एकता नभए के हुने भन्ने विषयले भने नयाँ शक्तिका कैयन् नेताहरु आशंकित बनेका छन् ।

“अहिले त चुनाव लडौंला, तर भोली त्यो चिन्ह त फोरमको हो, कानुनतः त्यो चिन्हमा चुनाव लडेको खण्डमा पाइने भोट त्यो चिन्ह भएको दलकै हुन्छ । हामी ठगिने सम्भावना पनि उत्तिकै छ ।” नयाँ शक्ति नेपालका एक उच्चस्तरीय नेताले बताए ।

अहिले उम्मेदवारपिच्छे स्वतन्त्र चुनाव चिन्ह पाउँदा नयाँ शक्तिलाई दलगत घाटा हुने देखेर नै एकल चुनाव चिन्ह प्रयोग गर्न खोजिएको उनले बताए । “तर यसबाट ठूलो खतरा पनि नभएको होइन । पार्टीभित्र विवाद थपिएको छ । उनले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: