ठुलो लिंगकै कारण सेक्स गर्न सक्दैनन यी युवक

एजेन्सी । केही व्यक्तिहरु आफ्नो लिंगको साइज ठुलो भएकै कारण भाग्यमानी ठान्छन् । तर, केन्याका एक व्यक्तिलाई यही कुरा अभिशाप भएको छ । २० वर्षीय सोरेन्स ओइटी ओपिया नाम गरेका युवक लिंग ठुलो भएकै कारण सेक्स गर्नबाट बञ्चित भएका छन् । यी युवकको लिंग सामान्य लिंगभन्दा १० गुणा ठुलो रहेको छ ।

१० वर्षको उमेरमा उनको मेडिकल अप्रेशन भएको थियो । तर, केही समय पश्चात समस्या झन् बल्झिन पुग्यो । उनको लिंग झनै ठुलो भएर बढ्न थाल्यो । उनको लिंगमात्रै ठुलो भएन, उनको लिंगको स्वरुप नै बिग्रियो ।

यसै कारण उनले अब सेक्स गर्न असमर्थ भएका छन् । बिहे गरेर धेरै बच्चाहरु जन्माउने उनको सपना पुरा नहुने भएको छ ।

ठुलो लिंगकै कारण  उनी काम गर्न पनि सक्दैनन् । लिंगकै कारण उनले स्कुल छोडेका थिए । उनलाई स्कुलमा अन्य विद्यार्थीहरुले गिज्याउन थालेपछि उनले स्कुल छोड्न बाध्य भएका थिए । उनको परिवारले उपचारका लागि फण्ड कलेक्सन गर्ने काम थालेको छ ।  अफ्रिकामा उनको जस्तो समस्या अरुको छैन । एउटा अपत्यारिलो घटना भएका कारण उनको लागि फण्ड उठ्ने कुरामा परिवार विश्वस्त रहेको बताएका छन् ।

बुबाआमाको मृत्युपश्चात उनी अहिले हजुरआमासँग बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: