नेपाली कांग्रेसको पार्टी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं, बैसाख १२ । नेपाली कांग्रेसले स्थानिय तहको निर्वाचनको लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।  सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा मंगलबार अपराह्न ३ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

घोषणापत्रमा स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर, एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शैयाको सुविधासम्पन्न अस्पताल बनाउने लगायतका विषय समेटिएको छ ।

याे पनि पढ्नुस  रामचन्द्रले भने, ‘मधेसी जनता चुनावको पक्षमा छन्, त्यसको अगुवाई गर्नुहोस्’

घोषणापत्र निर्माणको लागि  नेता महेश आचार्यको नेतृत्वमा एक मस्यौदा समिति गठन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्