पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको बैठक बस्दै, पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं, वैशाख १२ । स्थानीय तहका चुनावका लागि राजनीतिक प्रमुख दलका नेपाली कांग्रेसले मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

रोजगारी अभिवृद्धि, कृषिको आधुनिकीकरण, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई समावेश गरेर घोषणापत्र ल्याउन लागिएको केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । त्यसअघि कांग्रेस शिर्षनेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले बसिरहेको छ ।

पार्टीका विगतका कामलाई संस्थागत गर्दै अघि बढ्ने घोषणापत्र समिति सदस्य शर्माले जानकारी दिए । स्थानीय निकाय कसरी समुन्नत बनाउन सकिन्छ भन्ने विषयमा पनि घोषणापत्र केन्द्रीत हुने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्