एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं, वैशाख १२ । स्थानीय तहको चुनावका लागि नेकपा एमालेले पार्टीको घोषणापत्र र उम्मेदवार चयन गर्न मंगलबार स्थायी समिति बैठक बस्दैछ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा पार्टीको घोषणापत्र निर्माणका लागि सदस्यहरुबाट सुझाव संकलन गर्दै महानगर र उपमहानगरसहित नगरप्रमुख र उपप्रमुखको उमेदवारको विषयमा छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिए।

बैठकमा जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामलाई अन्तिमरुप दिनेबारे छलफल हुनेछ । स्थानीत तह चुनाव लक्षित चुनावी घोषणा पत्रलाई अन्तिम रुप दिईने सचिव ज्ञवालीले जानकारी दिए ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकप्रति असन्तुष्टि जनाएको प्रमुख प्रतिपक्षी एमालेले संसदको मंगलबारको बैठक अवरुद्ध गर्ने समेत चेतावनी दिएको छ ।

मधेश केन्द्रीत दलसँग भएको सहमतिअनुसार सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेपछि स्थायी समिति बैठकले थप रणनीति बनाउने भएको छ । एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले संविधान संशोधन विद्येयक यसअघिको भन्दा पनि खतरनाक भएको निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: