नेपाल टेलिकमले ल्यायो सस्तो डाटा प्याकेज, अब २४ सै घण्टा इन्टरनेट सुविधा लिन सकिने

काठमाडौं, वैशाख १२ । नेपाल टेलिकमले इन्टरनेट डाटा शुल्क घटाई सस्तो अफर ल्याएको छ । कम्पनीले नाइट टाइम प्याक, अलटाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको छ ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक अफरअन्तर्गत एक हप्ते अवधिको ५ सय एमबिको ४५ रुपैयाँ, १५ दिने अवधिको १२ सय एमबिको ९० रुपैयाँ, एकमहिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एकमहिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, एकमहिने अवधिका लागि अलटाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ८५० एमबिको २ सय रुपैयाँ १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ।

२४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ ।

डे नाइट डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबिको सात दिने डाटा प्याक शुल्क १ सय रुपैयाँ रहेको छ ।

जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ। जुन २५० मिनेटसम्म प्रयोग गर्न सकिने छ ।

टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि ८१४१५३ डायल गर्न टेलिकमले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्