चर्काे शुल्क असुलेको भन्दै मुलुकभरका जिशिका घेराउ

काठमाडौं, वैशाख १२ । संयुक्त विद्यार्थी संगठनले मंगलबार मुलुकभरका जिल्ला शिक्षा कार्यलय घेराउ गरेका छन् ।

निजी शैक्षिक संस्थाले मापदण्डविपरित चर्को शुल्क असुलेको भन्दै विभिन्न ९ वटा विद्यार्थी संगठनले मंगलबार बिहान ११ बजेदेखि एक घण्टा शिक्षा कार्यालय घेराउ गरेका हुन् ।

याे पनि पढ्नुस  सङ्घीय शिक्षा नीति आउँदैः शिक्षामन्त्री पोखरेल

सो विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।

यस्तै, उनीहरुले भोलि मापदण्ड मिचेर बढी शुल्क लिने नीजि शैक्षिक संस्थाहरुको लेखा र प्रशासनमा तालाबन्दी गर्ने र पर्सी १४ गते प्याब्सन र एन प्याब्सनको जिल्ला तथा केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने लगायतको कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

याे पनि पढ्नुस  दोहोरो नागरिकता लिने बाबुछोरा कारागार चलान

यसअघि मापदण्ड विपरित संस्थागत विद्यालयले बढाएको शुल्क तीन दिन भित्र फिर्ता गर्न शिक्षामन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्