डिअार्इजी सिलवालसँग अदालतमा पेस गरेको कागजातबारे सोधपुछ

काठमाडौँ, वैशाख १२ । नेपाल प्रहरी कार्यालयले डिअार्इजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन फारामको प्रतिलिपि प्राप्तिको स्रोत र वैधानिकता खुलाउने प्रयोजनले गठित छानबिन समितिले सोमबार पत्र दिई सोधपुछका लागि बोलाएको स्पष्ट गरेको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले आज जारी गर्नुभएको विज्ञप्तिमा पत्र दिएपछि सिलवाललाई आफ्ना कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापा समेतलाई लिई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा आई सोधपुछ गरी सोही दिन साँझ उनको घरमै सकुशल पुर्याइएको उल्लेख छ ।

सो सम्बन्धमा सर्वोच्च अदालतमा आज जाहेर गरिसकिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: