सिलवालमाथि कुनै कार्वाही नगर्न सर्वोच्चको आदेश, किर्ते आरोपमा मुद्दा चलाउने प्रहरीको तयारी

काठमाडौं, वैशाख १२ । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालमाथि कुनै कारवाही नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दा विचाराधिकन रहेकोले उक्त मुद्दाको किनारा नलागेसम्म कुनै कारवाही अघि नबढाउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजवहावदुर केसीको संयुक्त इजलासले उक्त आदेश फैसला गरेको हो ।

आइजिपी नियुक्तीका लागि कार्यसम्पादन मूल्यांकनको क्रममा एक सरकारी कागजात किर्ते गरेको भन्दै सरकारले सिलवालमाथि छानबीन गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिएको थियो ।

सोही छानबीनका क्रममा सोमबार अधिवक्त शम्भु थापासँग छलफल गरिरहेको बेला नेपाल प्रहरीले डिआईजी सिलवाललाई नियन्त्रणमा लिएको थियो । सिलवालले सोमबार नै हालेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले सोमबार नै फैसला सुनाएपछि उनी छुटेका थिए ।

किर्ते आरोपमा मुद्दा चलाउने प्रहरीको तयारी
यता सरकारले भने कार्यसम्पादनसम्बन्धी एक कागजात किर्ते गरेको आरोपमा सिलवालमाथि मुद्दा चलाउने तयारी गरेको छ ।

नेपाल प्रहरीले गोप्य सरकारी कागजात हात पारेको र त्यसमा किर्ते गरेर अदालतमा पेस गरेको आरोपमा सिलवालमाथि छानबिन गरिरहेको छ । भइरहेको छ। आफूले समकक्षी

प्रकाश अर्यालभन्दा बढी नम्बर ल्याएको भन्दै सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कागजात मन्त्रिपरिषद्मा गृह मन्त्रालयले पेस गरेको कागजात फरक भएको पाइएपछि मन्त्रिपरिषद्ले सिलवालमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

बरिष्ठ प्रहरी अधिकृतहरुको कार्यसम्पादन मूल्यांकन फाइल सिलबन्दी गरेर गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र लोकसेवा आयोगमा राख्ने चलन छ। यो सिलबन्दी फाइल बढुवा हुने बेलामा बढुवा समितिले बाहेक अरुले खोल्न पाउँदैनन्। तर यत गोप्य कागजात डिआइजी सिलवालले कसरी हात पारे ? भन्ने विषयमा प्रहरीले अनुन्धान गरिरहेको छ । यतिमात्रै नभएर उक्त कागजात नै किर्ते गरेर गलत विवरण् अदालतमा पेश गरेको प्रहरीको आरोप छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: