पाकिस्तानी दूतावासद्वारा निबन्ध प्रतियोगिता

काठमाडौँ, वैशाख १२ । ‘पाकिस्तानी–राजदूत प्रथम वक्तृत्वकला एवम् पाँचौँ वार्षिक निबन्ध प्रतियोगिता’ का विजयीलाई आज दूतावासद्वारा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ।

कार्यक्रममा उच्च शिक्षा तहका नेपालका विभिन्न शिक्षालयका करिब दुई सय सहभागी विद्यार्थीमध्ये दुई विधामा छ जनालाई पदकसहितको पुरस्कार र २० जनालाई विशेष प्रोत्साहन पुरस्कार दिइएको थियो । ‘शिक्षा केवल रोजगारीका लागि मात्र होइन, जीवनका लागि हो’ शीर्षक निबन्ध प्रतियोगितामा बजिता पन्थी प्रथम, दुर्गा नेपाल द्वितीय र अरुण पोखरेल तृतीय हुनुभयो । उहाँहरुले क्रमशः रु ३५, ३० र २५ हजार राशि प्राप्त गर्नुभएको छ ।

यस्तै ‘आर्थिक विकासमा सञ्चारको भूमिका’ विषयको वकृत्वकलामा ऋषभ न्यौपाने अर्जुन कार्की र लज्जु श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । उहाँहरुले पनि उत्तिकै राशि प्राप्त गर्नुभयो ।

सो अवसरमा शिक्षामन्त्री धनीराम पौडेलले दुई देशबीचको शैक्षिक आदानप्रदान र नेपाली विद्यार्थीको प्रतिभा प्रस्फुरणका लागि यस्ता कार्यक्रम आयोजना गरेकामा पाकिस्तानी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालका लागि कावा राजदूत जावेद अमरानीले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: