मोदीले प्रचण्डलाई फोन गर्दै दिए बधाई, निर्वाचनमा सबै सहयोग गर्न भारत तयार

काठमाडौं, वैशाख १२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गर्दै चुनावको वातावरण बनाउन सफल भएकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, प्रधानमन्त्री प्रचण्डलाई फोन गर्दै मोदीले सबै वर्ग, समुदायलाई समेटेर चुनावको वातावरण तयार गर्न सफल भएकोमा बधाई दिएका थिए । “सविधानमा असन्तुष्ट रहेका समुदाय, वर्गलाई समेत विश्वासमा ल्याएर चुनाव गर्न थाल्नु भएको छ । तपाईलाई बधाई छ ।” टेलिफोनमा मोदीले भने, “चुनाव सफलतापूर्वक सम्पन्न गर्न भारत सबै किसिमको सहयोग गर्न तयार छ, भन्नुहोला ।” मोदीले भनेको उद्दृत गर्दै सचिवालयले बतायो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा गएको बेला भने भारतले सबै पक्षलाई समेटेर चुनावमा जान अनुरोध गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: