फार्मेसीबाट लागू औषध बिक्री

धनगढी,वैशाख १३ । धनगढी उप–महानगरपालिका –२, स्थित एक फार्मेसीमा लागू आँैषधी बिक्री भईरहेको पाइएको छ । दीर्घराज अधिकारीले संचालन गरिरहेको कुसल फार्मेसीबाट लागू औषधजन्य सामान बिक्री भईरहेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्राप्त सुचनाका आधारमा छापा मार्दा उक्त फार्मेसीबाट लागू औषधको रुपमा प्रयोग हुने २९५ टयाब्लेट स्पास्मो र ३६ टयाब्लेट अपिडोल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीले लागू औषधसंगै संचालक अधिकारीलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्