प्रदेश नम्वर ७ मा कांग्रेससंगको एकता हल्ला मात्रः माअोवादी केन्द्र

काठमाडौं, बैसाख १३  ।  नेकपा माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेसस‌ंग ‍चुनावी एकताको कुरा हल्ला मात्र भएको बताएको छ । केन्द्रले कुनै चुनावी तालमेल नभएको स्पष्टिकरण दिएको छ ।

स्थानीय निकायको चुनावमा  प्रदेश नम्बर ७ मा काँग्रेस–माओवादी चुनावी तालमेल भएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएको थियो ।

माओवादी प्रदेश नम्बर ७ को सचिवालयले सञ्चारमाध्यमले भने जस्तो एकता नभएको स्पस्ट पारेको हो ।  सुदुरपश्चिम (प्रदेश नम्बर ७ ) मा चुनावी तालमेलका विषयमा काँग्रेस र एमालेका नेताहरुसंग छलफल भएको तर कुनै सहमति नभएको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र सचिवालयले जनाएअनुसार माअोवादी एक्लै चुनावी मैदानमा उत्रिने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: