कुश्मामा युवा उम्मेदवार आएपछि स्थानीय खुशी

काठमाडौं वैशाख १३ । स्थानीय चुनावको मिति नजिकिदैं गर्दा पर्वतमा चुनावी सरगर्मी बढेको छ।

पार्टीहरुले आ–आफ्ना उम्मेदवार चयन गर्ने क्रम जारी छ । यसैक्रममा नेकपा माओवादी केन्द्र पर्वतले कुश्मा नगरपलिकाका लागि मेयर र उपमेयर चयन गरेको छ । मेयरका लागि युवा शंकर गिरीलाई उम्मेदवार बनाएको छ ।

 

माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका गिरी उम्मेदवार बनेपछि पर्वतवासी
जनतामा उत्साह देखिएको छ ।

कुश्मा नगरको आमूल परिवर्तन गर्ने भिजन आफूसँग भएको भन्दै आफ्नो जित सुनिश्चित रहेको गिरीले बताए ।

नगरपालिकामा रहेका सडक, खाने पानी, स्वास्थ्य, शिक्षा, विद्युत आपूर्ति लगायतका समस्यालाई समाधान गर्ने प्रतिबद्धता गिरीले जनाए ।

कमेन्ट गर्नुहोस्