ललितपुरमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडौं, वैशाख १३ । स्थानीय तहको चुनावका लागि हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रलाई पार्टीको मुख्य एजेण्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ ।

बुधबार दिउँसो १ बजे ललितपुरको एक होटलमा चुनावी घोषणापत्र सार्वजनिक गरिने राप्रपाले जनाएको छ ।

संकल्प पत्र नाम दिएको घोषणापत्रमा प्रत्येक परिवारमा एक जनालाई रोजगारी, बेरोजगारलाई स्वरोजगार कोष स्थापना गरी तालिम, तथा सहुलियत ऋण उपलब्ध गराउने उल्लेख गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

१७ पृष्ठ लामो घोषणापत्रमा पार्टीले गर्ने विकास निर्माणका काम समेत समावेश गरेको छ ।

गरिबी निवारणलाई विशेष कार्ययोजनाका रुपमा अघि बढाउने संकल्प गरेको राप्रपाले प्लास्टिकका झोला निषेध देखि एक घर दुई बिरुवा अभियान सञ्चालन गर्ने समेत घोषणा गरेको छ ।

कुनै पनि बहानामा बन्दको कार्यक्रम नगर्ने प्रतिवद्धता समेत राप्रपाले जनाएको छ ।

घोषणापत्रमा महंत्वकाक्षी योजना नबनाएको भन्दै विकास निर्माण तथा वातावरणीय र सांस्कृतिक सम्पदाको संरक्षणलाई बिशेष जोड दिएको नेता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले विद्यालय तहका पाठ्यपुस्तकमा राष्ट्रियता सम्बन्धि विषयवस्तु समावेश गराउनुपर्ने आफ्नो संकल्प पत्रमा उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: