वयस्क सर्टिफिकेट पायो चलचित्र ‘लिपिष्टिक अन्डर माई बुर्का’ ले

मुम्बई, रिलिज हुनु अघि नै विवादमा परेको बलिउड चलचित्र ‘लिपिष्टिक अन्डर माई बुर्का’ ले सेन्सर बोर्डबाट बयस्क चलचित्रको सर्टिफिकेट पाएको छ ।

केन्द्रीय फिल्म प्रमाणन बोर्डले केही शर्तहरुसँगै चलचित्र रिलिज गर्ने अनुमति दिएको हो ।

यसअघि सेन्सर बोर्डले चलचित्र निकै महिला केन्द्रीत, सेक्सुअल दृश्य र अभद्र भाषा भएको भन्दै रिलिज सर्टिफिकेट दिन अस्वीकार गरेको थियो ।

यो चलचित्र एउटा सानो शहरका चार जना महिलाहरुको वरिपरि घुमेको छ ।

सेन्सर बोर्डले बयस्क सर्टिफिकेट दिएर पनि केही दृश्य हटाउन भनेको छ ।

कोंकणा सेन शर्मा र रत्ना पाठक जस्ता कलाकार रहेको चलचित्रलाई केही महिना अघि टोकियोमा वल्र्ड प्रिमियर समे तगरिएको थियो । चलचित्रले कैयन् अवार्ड जितिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: