दक्षिण कोरियामा अमेरिकी क्रुज मिसाइलको चर्काे विरोध

काठमाडौं, बैशाख १३ । दक्षिण कोरियाली जनताले अमेरिकी क्रुज मिसाइलको चर्काे विरोध गरेका छन् ।

अमेरिकाले शक्ति प्रदर्शन गर्ने भन्दै मिसाइल बोकेको जहाज दक्षिण कोरिया पठाएको थियो ।

अमेरिकी क्रुज मिसाइल जहाजको आगमनले कोरियाली प्रायद्वीमा थप अशान्ति फैलाउने भन्दै विरोध प्रदर्शन भएको छ । अमेरिका र दक्षिण कोरियाले भने मिसाइल डिफेन्स सिष्टम जडान गरिसकेका छन् ।

यसैक्रममा कोरियाली जनताले उक्त थाडसिष्टम अर्थात मिसाइल प्रतिरक्षा प्रणालीको विरोध गरेका हुन् ।

यता उत्तर कोरियाले भने अमेरिकाको यो कदमले आफनो देशलाई केही फरक नपर्ने प्रतिक्रिया दिएको छ।

दक्षिण कोरिया र अमेरिकाले भने उत्तर कोरियाको परमाणु कार्यक्रमको बिरोध गर्दै यसले उत्तर कोरियाले नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिंदै आएको छ ।

कमेन्ट गर्नुहोस्