एमालेले काठमाडौंमा किर्ते गरी मेयर सिफारिस गरेको आरोप

काठमाडौं, वैशाख १३ । नेकपा एमालेले काठमाडौंको लागि मेयर सिफारिसमा किर्ते गरी उम्मेदवार सिफारिस गरेको आरोप लागेको छ ।

प्रदेश कमिटी बैठकमा सहइन्चार्ज सुरेन्द्र मानन्धरले जिल्ला कमिटीले एकपक्षीय रुपमा नगरपालिकाहरुको मेयर सिफारिस गरेको भन्दै यस्तो यस्तो नाम कुनै हालतमा पनि स्वीकार्य नहुने अडान व्यक्त गरे ।

एमाले नेता माधबकुमार नेपाल समुहका भनिएका कृष्ण राई अध्यक्ष रहेको जिल्ला कमिटी अवैध भएको उनको आरोप छ ।

मानन्धरकाअनुसार बुढानिलकण्ठ नगरपालिकाको मेयरमा पहिलो नम्बरमा सिफारिस भएका क्षेत्रिय अध्यक्ष कुसुमकुमार कार्कीको नाम सिफारिस नगरे भन्दै विवाद भएको थियो ।

बैठकमा मानन्धरले भने ‘यो त एउटा नमुना मात्र हो अन्य नगरपालिका पनि त्यस्तै गरी कीर्ते भएको छ ।

नागार्जुन नगरपालिकामा थाहै नदिई मेयर सिफारिस गरेको भन्दै उजुरी परेको छ ।

नागार्जुनबाट प्रकाश श्रेष्ठ, कृष्णहरी खत्री र देवकी भट्टराईको नाम सिफारिस भएको छ । सिफारिस भएको तीन जना नै ओली समुहका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली समुहले आफू अनुकुल थपघट गरेको छ । गुटकाले टिकट पाउने गरी प्रदेशमा लगेपछि विवाद भएको हो ।

एमालेले सिफारिस गरेका काठमाडौंका मेयरहरु :

एमालेले चन्द्रागिरी नगरपालिकाको मेयरमा प्रलाद कार्की (ओली समुह), किर्तिपुर नगरपालिकाको मेयरमा रमेश महर्जन (नेपाल समुह), कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा रामचरण ढुङगाना, मणिराम फुयाँल (ओली समूह), शंकरापुर नगरपालिकाको मेयरमा सुर्वण श्रेष्ठ (ओली समूह) र शम्भु दुलाल (नेपाल समूह), गोकणेश्वर नगरपालिकाको मेयरमा पुण्य चौलागाई र गोपाल बराल (नेपाल समूह), बुढानिलकण्ठ नगरपालिकाको मेयरमा उद्धब खरेल (ओली समूह) र मिठाराम अधिकारी (नेपाल समूह), टोखा नगरपालिकाको मेयरमा प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ (ओली समूह), दक्षिणकाली नगरपालिकाको मेयरमा श्रीराम आचार्य र गन्जनमान बस्नेत (ओली समुह), तारकेश्वर नगरपालिकाको मेयरमा श्याम घिमिरे र रामेश्वर बोहरा (ओली समूह) र नार्गाजुन नगरपालिकामा प्रकाश श्रेष्ठ, कृष्णहरी खत्री र देवकी भट्टराई (ओली समुह)को नाम सिफारिस गरेको छ ।

कमेन्ट गर्नुहोस्