मन्त्री परिषद्को निर्णय : दुई जिल्लामा सिमांकन हेरफेर

रुकुम र नवलपरासीमा दुई चरणमा निर्वाचन

काठमाडौं, वैशाख १३ । प्रदेश सीमांकनको विषयमा विवाद मिलाउने उद्देश्यले मुलुकका दुई जिल्लामा सिमांकन हेरफेर गरिएको छ । सरकारले प्रदेश नम्बर ५ र ६ को सीमाना हेरफेर गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको एक दर्जन गाविसहरुमा सिमांकन हेरफेर गरी अर्कै प्रदेशमा गाभ्ने निर्णय गरेको हो ।

सरकारले रुकुमको सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने तथा नवलपरासीको साविकको त्रिवेणी गाविसको केही वडालाई ४ नम्बर प्रदेशमा गाभ्ने निर्णय गरेको छ ।

बैठकले रुकुमका ११ वटा गाविसलाई पाँच नम्बर प्रदेशमा गाभ्ने तथा अन्य गाविसलाई भने ६ नम्बर प्रदेशमै यथास्थानमा राखिने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । त्यस्तै रुकुमका गाउँ विकास समितिहरुलाई प्रदेश नम्बर ५ र ६ मा मिलाएर समावेश गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले नवलपरासी र रुकुम जिल्लामा २ चरणमा निर्वाचन गर्ने निर्णय गर्ने निर्णय पनि गरेको छ । निर्वाचन आयोगले प्रदेश विभाजनपछि कसरी निर्वाचन गर्ने भन्ने स्पष्टता खोजेका बेला बैठकले नवलपरासीको ४ नंम्बर प्रदेश रुकुमको ६ नम्बर प्रदेशमा परेका क्षेत्रमा बैशाख ३१ गते नै निर्वाचन गरिने छ ५ नम्बर प्रदेशमा जेठ ३१ गते निर्वाचन हुनेछ । नवलपरासीमा दाउन्ने खोलाको वारी ४ नंम्बर र पारी ५ नंम्बर प्रदेशमा पर्दछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: