प्रदर्शनअघि नै बाहुबली–२ को यस्तो कीर्तिमान

वैशाख १३ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको तालिम चलचित्र ‘बाहुबली–२’ ले प्रदर्शनअघि नै थुप्रै कीर्तिमान कायम गरेको छ ।

कटप्पाले बाहुबलीलाई मार्छन् भन्ने विषयले अझै बढी चर्चित बनाएको फिलिमको पहिलो पहिलो कीर्तिमान हो सबैभन्दा बढी पर्दामा प्रदर्शन ।

यो चलचित्र विभिन्न एक दर्जनभन्दा बढी भाषामा झन्डै ६५ सय वटा स्क्रिनमा प्रदर्शन हुने भएको छ ।

यसअघि बाहुबली ४ हजार स्क्रिनमा प्रदर्शन भएको थियो । प्रदर्शनअघि नै ५ सय करोड (भारु) आम्दानी गरेर यसले दोस्रो कीर्तिमान कायम गरेको छ ।

चलचित्रको हिन्दी वितरण अधिकार १ सय २० करोड भारुमा बिक्री भएको छ भने तेलुगु अधिकार १ सय ३० करोड, तमिल अधिकार ४७ करोड, कर्नाटक अधिकार ४५ करोड तथा केरल अधिकार १० करोडमा बिक्री भएको छ ।

उत्तर अमेरिकामा ४५ करोडमा बिक्री भएको चलचित्र बाहुबलीको हिन्दी सेटेलाइट अधिकार ५१ करोडमा बिक्री भएको छ । यी सबै बिक्री अधिकार जोड्दा ५ सय करोडको आँकडा पूरा भएको हो ।

बाहुबलीको ट्रेलरले समेत युट्युबमा सर्वाधिक हेरिएको ट्रेलरको रेकर्ड बनाएको छ ।

कमेन्ट गर्नुहोस्