विशाल स्मृति गोल्डकप : दोस्रो सेमीफाईनलमा आज नेपाल आर्मी र नेवा जनजागृति भिड्दै

काठमाडौं, वैशाख १४ । विशाल स्मृति गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमीफाईनलमा आज बिहिवार नेपाल आर्मी र नेवा जनजागृतिबिच प्रतिस्प्रधा हुँदैछ । आजको विजेताले उपाधीका लागि संकटा क्लवसंग खेल्नेछ ।

वीरगन्जको नारायणी रंगशालामा हिजो बुधवार भएको पहिलो सेमीफाईनलमा नेपाल पुलिस क्लवलाई ३–० ले हराएर संकटा फाइनलमा पुगेको हो ।
संकटा क्लव वीरगन्जमा चलिरहेको विशाल स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

संकटाको लागि मार्टिनले २ र राज पौडेलले १ गोल गरे । विशाल स्मृति प्रतिष्ठानले अयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: