पुनर्निर्माण प्राधिकरणले खर्च गर्न नसक्दा भूकम्पपीडितका लागि प्राप्त ३० अर्ब फिर्ता गरिँदै

काठमाडौ,बैशाख १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खर्च गर्न नसक्दा भूकम्पपीडितका लागि विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च हुन नसक्ने भएपछि फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको आजको नागरिक दैनिकमा खबर छ ।

फिर्ता गर्न लागिएको बजेट विश्व बैंकलगायत विभिन्न दातृ निकायबाट प्राप्त सहयोग हुन् । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार चालू आर्थिक वर्षका लागि अर्थबाट एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये करिब ३० अर्ब रुपैयाँ रकम खर्च गर्न नसकिने भएकाले फिर्ता गर्नेबारे छलफल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: