सरकार मधेसी मोर्चा वार्ता : तीन बुँदे सहमति कार्यन्वयन मुख्य एजेण्डा

काठमाडौ,बैशाख १४ । सरकार र मधेसी मोर्चाबिच पछिल्लो समसामयिक राजनितिक बिषयमा छलफल हुँदैछ । मधेसका बिभिन्न जिल्लामा स्थानीय तहको संङ्ख्या बढाउन सरकारले गरेको परिपत्र प्रमुख प्रतिपक्षि एमालेको चर्को विरोधपछि फिर्ता गरिएपछि रुष्ट भएको मोर्चाका नेताहरुसंग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गर्न लागेका हुन् । मोर्चाका नेताहरुले भने सरकार गठनका बेला भएको ३ बुँदे सहमती कार्यन्वयनबारे प्रधानमन्त्रीको ध्यानाकर्ष गर्ने तयार गरेका छन् । राजपा नेपालका नेता रामनरेश रायले ३ बुँदे कार्यन्वयन भन्दा अन्यत्र सरकारको ध्यान केन्द्रित भएकाले वार्तामा बस्न लागेको प्रतिक्रिया दिए ।
प्रमुख प्रतिपक्षि एमालेले स्थानीय तहको संख्या थप्ने सरकारको तयारीको विरोधमा ब्यवस्थापिका संसद चल्न नदिएपछि सरकारले केहिदिनअघि जिल्ला समन्वय समितिलाई गरेको परिपत्र फिर्ता लिएको छ ।

कमेन्ट गर्नुहोस्