यस्ता छन बैध्य माओवादी गोरखाका उम्मेदवार

गोरखा,वैशाख १४ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली, पालुङटार नपा–६ वडा प्रमुखमा रमेश क्षेत्री, सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा प्रमुखमा हरिबहादुर गुरुङलाई उम्मेदवार बनाउने गरी केन्द्रमा सिफारिस गरेकाे छ  ।

पार्टीका नेता नारायण अधिकारीले दुई नगरपालिका, नौ गाउँपालिका र ९४ वडा रहेको गोरखामा  अन्यत्र भने उम्मेदवार चयन गर्न बाँकी रहेको  जानकारी दिए ।

कमेन्ट गर्नुहोस्