कैलालीमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै

कैलाली, वैशाख १४ । कैलालीमा सम्बन्धविच्छेदका घटना वृद्धि हुँदै गइरहेका छन् ।

महिलामा सक्षमता, आत्मनिर्भरता बढ्दै जानु, हिंसा सहेर बस्नु हुन्न भन्ने सचेतना आउनु, बालविवाह, अनमेल विवाह, वैदेशिक रोजगारजस्ता कारणले सम्बन्धविच्छेदको घटना बढ्दै गईरहेका कतिपयको भनाई छ ।

पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा पारिवारिक बिग्रहले ठूलो रुप लिदै गएको देखिन्छ ।

सयौं जुनिसँगै जिउने बाचाकसम खाएका कतिपय जोडी विवाहमा बाँधिएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेदको अवस्थामा पुगेको देखिन्छन् । सम्बन्धविच्छेद ठूलो सामाजिक समस्याका रुपमा सिर्जना भएको कतिपयको बुझाई छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मात्रै जिल्ला अदालत कैलालीमा १ सय १३ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् ।

दर्ता भएकामध्ये कतिपय फैसला भइसकेका जिल्ला अदालत कैलालीका शाखा अधिकृत नरबहादुर नेगीले जानकारी दिए ।

अदालतमा मात्र होइन, सम्बन्धविच्छेदको प्रकृयाबारे जानकारी लिन र सम्बन्धविच्छेदमा कानूनी सहायता माग्न जिल्लास्थित सामाजिक कानुनी सहायता केन्द्रमा पनि दैनिकजसो सेवाग्राही पुग्ने गरेका छन् । सम्बन्ध विच्छेदका लागि सहायता र परामर्श लिन दैनिक ५–६ जना सेवाग्राही पुग्ने गरेका कानूनी सहायक केन्द्रका अधिकृत अधिवक्ता देवीलाल चौधरी बताउँछन् ।

प्रविधिको दुरुपयोग, बाल्यावस्थामै विवाह हुनु र पछि परिपक्क भएपछि एकअर्काको भावना नमिल्नु, बेरोजगारीका कारण घरायसी कलह, हिंसा सहन गर्न नसक्नुजस्ता कारण लिएर महिला, पुरुष सम्बन्धविच्छेदका लागि आउने गरेका चौधरीले बताए । वैदेशिक रोजगार पनि सम्बन्धविच्छेदका घटना बढ्नुको कारण हो । वैदेशिक रोजगारले पारिवारिक विग्रहका घटना पछिल्ला वर्षहरुमा बढी देखिन्छन ।

वैदेशिक रोजगारले सम्बन्धमा शंका उब्जाउने र त्यसले सम्बन्धविच्छेदको स्थितिमा पु¥याउने गरेको छ । वैदेशिक रोजगारबाट फर्केपछि श्रीमानले श्रीमतीप्रति शंका गर्ने त्यहीं विषयको विवादले उग्र रुप लिएपछि सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेको देखिन्छ ।

श्रीमान कामको खोजिमा विदेशिएको बेला श्रीमती अर्कैसंग नजिकिनुले पनि सम्बन्ध विच्छेदको अवस्था सिर्जना हुने गरेको छ ।

श्रीमानले विदेशबाट पठाएर सबै सम्पत्ति लिएर महिला भागेका उदाहरण पनि थुपै्र देखिन्छन ।

कतिपय महिला विभिन्न खाले हिंसाका सिकार हुने गरेका छन् । हिंसा सहेर बस्नु हुँदैन भन्ने चेतनाको विकास हुनुले पनि सम्बन्धबिच्छेदका घटना बढेका अधिकारकर्मीको भनाई छ ।

महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख पुजा घिमिरे काफ्ले आफूमाथि हुने हिंसा सहेर बस्नु भन्दा आवाज उठाउनुपर्छ भन्ने भावनाको विकास महिलामा भएको बताउँछिन ।

हिंसा सहेर नबस्दा विवाद हुने र सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गरेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्