सेनाको क्याम्पमा आतंककारी हमला, तीन सैनिकको मृत्यु

नयाँ दिल्ली, वैशाख १४ । भारत प्रशासित कश्मिरको कुपवाडा जिल्लामा नियन्त्रण रेखा नजिक सेनाको एक क्याम्पमा आतंककारीहरुले हमला गरेका छन् ।

घटनामा एक सैनिक अधिकारीसहित तीनजनाको मृत्यु भएको छ । विविसीले जनाए अनुसार, जवाफी कारवाहीमा दुई आतंकवादीको समेत मृत्यु भएको छ ।

बिहीबार बिहान चौकीबल स्थित सेनाको क्याम्पमा आतंकवादीहरुले सरप्राइज अट्याक गरेको सेनाले जनाएको छ ।

९ अप्रैलका दिन श्रीनगरमा भएको उपचुनावमा हिंसा बढेपछि त्यसको असर अहिलेसम्म जारी छ । सात प्रतिशतले भोट दिएको उक्त उपचुनावपछि कश्मिरमा हिंसा र भारतीय सेनाविरोधी प्रदर्शन उग्र भएको छ ।

स्कूल कलेजका छात्राहरुले समेत भारतीय सेनामाथि ढुंगामुढा प्रहार गरेका छन् ।

यो महिना मात्रै झडपमा १० बढी सर्वसाधारण मारिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: