मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाँचथर, वैशाख १४ । पाँचथर जिल्लाको याङबरक गाउँपालिका–१ स्थित च्याङथापु बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने मचिन्द्र बेघाका छोरा सन्तोष बेघा रहेका छन् ।

यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार भइरहेको स्थानीयवासी मङ्गल बेघाले जानकारी दिए।

फलैँचाबाट च्याङथापु आउने क्रममा मे ८ प ९२३६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्