हावाहुरीको कारण प्रसूति सेवा बन्द

बैतडी, वैशाख १४ । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा सुरक्षित प्रसूति सेवा केन्द्रमा वर्षासँगै चलेको हावाहुरीले क्षति पुर्याउँदा प्रसूति सेवा बन्द हुन पुगेको छ ।

आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्यचौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए ।

याे पनि पढ्नुस  द्वन्द्व पीडितका लागि आएको ३ करोड ५७ लाख रुपैयाँ फ्रिज

“हावाहुरीले छानो उडाएपछि भित्र रहेका सबै सामान भिजेर नष्ट भएका छन्”, उनले भने, “सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुगेकाले तत्कालका लागि सुरक्षित प्रसूति सेवा दिन सकिँदैन ।”

सुरक्षित प्रसूति सेवाका लागि तत्काललाई त्यस क्षेत्रका गर्भवती महिलाले कुवाकोट स्वास्थ्यचौकीमा आउनुपर्ने समेत उनले बताए।

याे पनि पढ्नुस  एउटै वडाबाट बैतडीमा १० लाखको बन्दा निर्यात

साथै, सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रको भवन पुनर्निर्माण नहुँदासम्म सो ठाउँबाट सेवा प्रवाह गर्न नसकिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्