दमाकस एयरपोर्ट नजिक भीषण हमला

सिरिया, वैशाख १४ । सिरियाको दमाकस अन्तर्राष्ट्रिय विमानस्थल नजिक भीषण हमला भएको छ ।

हमला कसले र किन गरेको भन्ने बारेमा भने अझै सम्म स्प्ष्ट भइसकेको छैन ।

बिबिसीले जनाए अनुसार, एयरपोर्ट नजिक ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

विष्फोटले के कति क्षति भएको छ भन्ने कुरा समेत खुल्न सकेको छैन ।

उक्त एयरपोर्ट सिरियाको राजधानीबाट २५ किलोमिटर दक्षिण पूर्वमा रहेको छ । विष्फोटसँगै गोली चलेको आवाज समेत सुनिएको छ ।

सिरियामा सन् २०११ देखि गृहयुद्ध चलिरहेको छ । यो युद्दमा तीन लाख बीस हजार बढीले ज्यान गुमाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: