डोनाल्ड ट्रम्पद्वारा अमेरिकी इतिहासमैं ठूलो कर छूटको घोषणा

बाशिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको इतिहासमा आजसम्मको सबैभन्दा ठूलो कर छूटको घोषणा गरेका छन् ।

यो छूटमा कारोबार तथा व्यक्तिगत दुबै कर समावेश छन् ।

आफ्नो मुख्य चुनावी प्रतिबद्धता पुरा गर्दै ट्रम्पले ठूलो कर छूटको घोषणा गरेका हुन । नयाँ घोषणा अनुसार, कर्पोरेट कर ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशत गरिएको छ । यसका साथै मृत्यु करलगायत कैयन् कर समाप्त गर्ने प्रस्ताव गरिएको छ । व्यक्तिगत करमा समेत महत्वपूर्ण परिवर्तन गरिएको छ ।

अमेरिकाले यसबाट अर्थतन्त्रमा नयाँ अवसर उत्पन्न हुने र रोजगारीमा वृद्दि हुने दावी गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: