संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइने

काठमाडौं वैशाख १४ । संविधान संशोधन र निर्वाचनसम्बन्धी विवादमा सहमति खोज्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइने भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र संघीय गठबन्धनका नेताहरुसँग बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विधेयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो ।

बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: